अफगानिस्तानमा बम विस्फोट हुँदा ३० जनको ज्यान गयो, ९० घाइते
इन्भेष्टोपेपर । आश्विन ३०, २०७८
काठमाण्डौ । अफगानिस्तानको कान्दहार शहरमा रहेको एउटा शिया मस्जिदमा बम विस्फोटमा परि ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । ९० जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
शुक्रबार मस्जिदको साप्ताहिक प्रार्थना भइरहेका बेला विस्फोट भएको खबरमा उल्लेख छ । इमाम बारगाह मस्जिदमा विस्फोट भएको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती आक्रमणकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ ।
यस अघिल्लो शुक्रबार पनि कुन्दाज प्रान्तको उत्तरी सहरमा यस्तै हमला भएको थियो । त्यहाँको सिया मस्जिदमा भएको आत्मघाती बम हमलामा पार्थनामा सहभागी ५० जनाको ज्यान गएको थियो ।
