युएस ओपन महिला टेनिसको उपाधि ब्रिटेनकी इम्मा राडुकानुलाई

इन्भेष्टोपेपर । भाद्र २७, २०७

न्यूयाेर्क । बेलायती किशोरी इम्मा राडुकानुले यस वर्षको युएस ओपन टेनिसको महिला तर्फकाे उपाधि जितेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा २४ हजार दर्शकमाझ भएको फाईनल खेलमा क्यानाडाकी लेलाह फर्नान्डेजलाई हराउँदै १८ वर्षिय राडुकानुले ४४ वर्षपछि बेलायतलाई युएस ओपन जिताएकी हुन् ।

क्यानाडामा जन्मीएकी राडुकानुले उपाधिको लागी क्यानाडाकै १९ वर्षिय खेलाडी फर्नान्डेजलाई ६–४ र ६–३ को सोझो सेटमा हराइन् । दुबै खेलाडी अहिलेसम्म बरियताविहिन हुन । याे जितसंगै राडुकानु विश्व बरियताकाे १५० बाट २३ नम्वरमा उक्लिएकी छन् ।

यसैगरि युएस ओपनको पुरुषतर्फकाे खेलमा भने नोभाक जोकोभिच र डानिल मेद्बेदेभ उपाधिका लागि भिड्नेछन् ।

सेमिफाईनलमा जर्मनीका अलेक्जेण्डर भेरेभलाई हराउँदै जोकोभिच तथा क्यानाडाका फेलिक्स औगरलाई हराउँदै मेद्बेदेभ फाईनलमा पुगेका हन् । (एजेन्सी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *