बजेट शेयर बजार मैत्री: लगानीकर्ताका सवैजसाे माग समेटिए, वजारले गतिलिनेमा सबै आशावादी

आर्थिक वर्ष २०७६/०७७ काे वार्षिक वजेट जेष्ठ १५ गते संयुक्त सदनमा पेश भएकाे छ । गत वर्षकाे वजेट भाषण र वेलाबखत बाेलेका कुराहरूले शेयर लगानीकर्ताकाे ताराे बनेका अर्थमन्त्री डा. युवराज खतिवडाले यसपटक भने दिलै खाेलेर शेयर बजारकाे लागी वम्पर उपहार दिएका छन ।

पूंजी वजारका नियमनकारी निकाय, मुद्रा तथा पूंजी वजार सुधार सुझाव समिति, लगानीकर्ता संघहरू तथा विज्ञहरूकाे सुझावहरूलाइ वजेटभित्र समेटिएकाे छ । तसर्थ सम्पूर्ण लगानीकर्ताहरूकाे ताली तथा शेयर वजार उन्नयनकाे लागी काेशेढुंगा सावित हुने देखिन्छ ।

शेयर वजार मैत्री वजेटमा समेटिएका केही वुंदाहरूः

१) पूँजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएकाे छ ।

२) पाँच लाख रुपैयाँ भन्दा माथिको कारोबार गर्ने लगानीकर्ताहरुको लागि मात्रै प्यान अनिवार्य हुने व्यवस्था गरिएकाे छ, साना लगानीकर्तालाइ प्यान अनिवार्य छैन ।

३) गैर आवासीय नेपालीलाई बजारमा भित्र्याउनुपर्ने लगानीकर्ताको माग संबोधन भएको छ। यसकाे लागी नियमाकारी निकायबाट कार्यविधि बनाएर कार्यन्वयन गरिने छ ।

४) दाेहाेराे कर लाग्ने हाेकि भन्ने शंकाकाे निराकरण आर्थिक विद्ययेकले स्पष्ट गरेको छ, नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको निकायमा रहेको हितबाट निसर्ग भएको आयमा पाँच प्रतिशत मात्र कर लाग्ने छ । तसर्थ शेयर कारोबार र ब्यक्तिगत आयसँग जोडेर दोहोरो कर लगाउने कुरा कहीँ कतै छैन ।

५) बोनस शेयर र हकप्रद शेयरको आधार मूल्यमा कर लगाउने विवादको विषय टुङ्गिएको छ । गत वर्षकाे वजेटले ल्याएकाे अन्याैलता मेटिएकाे छ भने सम्बन्धित कम्पनीको शेयरमा भारित औसत लागतको आधारमा पाँच प्रतिशत पूँजीगत लाभकर लगाउने स्पष्ट नीति वजेटमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *