आर्थिक वर्ष २०८२/८३ काे बजेट सार्वजनिकः १९ खर्ब ६४ अर्बकाे बजेटमध्ये पुँजीगततर्फ चार खर्ब आठ अर्ब मात्र (पूर्णपाठ)

न्भेष्टाेपेपर ।  जेठ  १५, २०८२

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो।

आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमामा तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ ।

वार्षिक बृध्दीदर ६ प्रतिशत हुने अनुमान गरिएकाे बजेटमा कर्मचारीहरूकाे लागि ३ हजार महंगी भत्ता थपिएकाे छ भने सरकारी दायित्व कम गर्नकाे लागि बृद्धभत्ता पाउने उमेर हद बढाएर ७० वर्षकाे शुरूवाती अवस्थामै लगिएकाे छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड उठाइने अनुमान गरिएको छ। बाँकी पाँच खर्ब ९५ अर्ब ६६ करोड बराबर न्यून हुने छ। त्यसका लागि आन्तरिक ऋणबाट तीन खर्ब ६२ अर्ब र बाह्य ऋणबाट दुई खर्ब ३३ अर्ब ६६ करोड बेहोरिने वजेटमा उल्लेख गरिएकाे छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *