नेपाल लाईफ ईन्स्युरेन्सको बिजनेश एक्सेलेन्स कन्फरेन्स सम्पन्न

न्भेष्टाेपेपर । साउन २३, २०८०

काठमाण्डौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय बिजनेश एक्सेलेन्स कन्फरेन्स सम्पन्न भएको छ । चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स “ पराक्रमी गति आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो ।

उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक कृष्ण राज लामिछाने , शक्ति कुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको समुद्घाटन गर्नु भएको थियो । 

सम्मेलनमा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा सम्पूर्ण कर्मचारीलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्नु भयो।  सम्मेलनमा बोल्दै संचालक कृष्णराज लामिछानेले सम्पूर्ण कर्मचारीहरुले गत आ वा मा गर्नु भएको योगदानका निम्ति धन्यवाद ज्ञापन गर्नु भयो ।   

यस्तै सम्मेलनमा बोल्दै संचालक शक्ति कुमार गोल्यानले कर्मचारीहरुको मनोबललाई उच्च राख्न संचालक समितिले सदैव साथ दिने कुरा बताउनु भयो । सम्मेलनमा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कर्मचारीहरुलाई गत आ.ब. को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.ब. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गर्नु भएको थियो ।

सम्मेलनमा आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखा एवं उपशाखालाई विभिन्न ३७ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *