प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

न्भेष्टाेपेपर । जेठ १६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा मन्त्रिपरिषद् बैठक आह्वान भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भारत भ्रमणबारे छलफल हुने बताइएको छ ।

भारत भ्रमणमा पाँच मन्त्रीसहितको टोली सहभागी हुने सोमबारको संसद् बैठकमा प्रधानमन्त्रीले जानकारी गराउनु भएकाे थियाे । प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि बुधबार छिमेकी मुलुक भारत प्रस्थान गर्दै हुनुहुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *