पालिका चुनावका लागि आज र भोलि उम्मेदवारी मनोनयन दर्ता

इन्भेष्टाेपेपर ।  वैशाख ११, २०७९

काठमाण्डाैँ । पाँच वर्षका लागि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु हुँदैछ । आउँदो ३० गते हुने चुनावका लागि आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म देशभरका पालिकामा राजनीतिक दलले उम्मेदवारी मनोनय दर्ता गर्नेछन् ।

मनोनयन गर्दाका लागि निर्वाचन आयोगले आज र भोलि तोकेको हो । देशभर ६ महानगरपालिका, ११ वटा उपमहानगरपालिका, दुई सय ७५ नगरपालिका र चार सय ६० गाउँपालिकामा ६ हजार सात सय ४३ वडा छन् । चुनावमा मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य गरी ३५ हजार दुई सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

हरेक वडामा अध्यक्ष र चार सदस्य हुन्छन् । उम्मेदवारले एक जना समर्थक र एक जना प्रस्तावकको हस्ताक्षरसहित निर्वाचन अधिकृत समक्ष मनोनयन दर्ता गराउनु पर्छ । मनोनयन पत्रका साथ उम्मेदवारले कुनै प्रकारको सरकारी सेवा तथा सुविधा नलिएको स्वघोषणा गर्नुपर्छ ।

२१ वर्ष उमेर पुगेका नेपाली नागरिकले पालिका चुनावमा कुनै पनि पदमा उम्मेदवार बन्न पाउँछन् । उम्मेदवारी मनाेनयन पश्च्यात उम्मेदवारकाे सूची प्रकाशन, उम्मेदवारमाथि दाबी–विरोध, छानविन तथा उममेदवारी फिर्तालगायतका प्रक्रिया हुनेछन् । १७ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

निर्वाचन आयोगले मनोनय दर्ता व्यवस्थित ढङ्गले सम्पन्न गर्न अपिल गरिसकेको छ । तर, मनोनय दर्ता गर्नुपर्ने दिन आइसक्दा समेत सत्तागठबन्धन दललाई उम्मेदवार टुङ्ग्याउनै सकस परिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *