आचारसंहिता विपरीत गतिविधि गरेमा उम्मेदवारी रद्द हुन सक्ने

इन्भेष्टाेपेपर ।  वैशाख २०, २०७९

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुनसक्नेसम्मको चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्नुहुँदै सो चेतावनीलाई पुनः स्मरण गराउनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आयोगद्वारा कार्यान्वयनमा ल्याएको आचारसंहिता, २०७८ अनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने र कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र प्रदर्शन गर्न नहुने प्रावधान छ ।’

दल वा उम्मेदवारको चुनाव चिन्ह वा दलको झण्डाको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने आयोगले
यसअघि पनि सूचित गराइसकेको छ ।
‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन
नहुने व्यवस्था विपरित कतिपय स्थानमा
कानूनले वर्जित गरेका कार्य भैरहेको
भन्ने आयोगको जानकारीमा आएको हुँदा
राजनीतिक दल, उम्मेदवार, निर्वाचन
प्रतिनिधि वा कुनै व्यक्तिले आचारसंहिता
विपरीत पोष्टर, भित्तेलेखन, तुल, ब्यानर,
डिजिटल डिस्प्लेजस्ता प्रचारात्मक सामग्री
प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा
हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त
बनाई राख्न आदेश गरिएको छ’ विज्ञप्तिमा
भनिएको छ ।
आचारसंहिताप्रतिकूल सामग्री जुन
स्थानमा राखिएको छ सोही स्थानीय तहको
उम्मेदवारले राखेको ठहर गरी सोही दल वा
उम्मेदवारबाटै हटाउन आदेश दिइसकिएको
आयोगले जानकारी गराएको छ । आदेशको
वर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार,
व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई
आयोगले एक लाख रुपियाँसम्म जरिवाना
गर्ने कानूनी व्यवस्था छ ।
‘आचारसंहिता उल्लङ्घन गरेको कारणबाट
निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित
तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त
भएमा त्यसको स्पष्ट आधार र कारण खोली
आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी
रद्द गर्ने प्रावधानको सरोकारवालाहरुलाई
स्मरण गराई कारवाहीका लागि आयोगमा
सिफारिश गरी पठाउन सबै जिल्ला प्रशासन
कार्यालय, मुख्य निर्वाचन अधिकृतको
कार्यालय, निर्वाचन अधिकृतको कार्यालय,
प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरुलाई
निर्देशन पठाइ सकेको छ’ आयोगका प्रवक्ता
पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *