चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात

न्भेष्टाेपेपर ।  फागुन ५, २०८१

काठमाडौँ । चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । भरतपुर महानगरपालिका–१५ श्रीपुरमा १२ बिघामा लगाइएको गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको हो ।

जिल्ला प्राङ्गारिक संघ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले २ वर्षदेखि यहाँ उत्पादित गाजर र चुकन्दर ‘द अग्र्यानिक भ्याली’ संस्थाले विदेश पठाउन थालेको बताए । संघमा आबद्ध १५ जना किसानले लगाएको गाजर र चुकन्दर जर्मन निर्यात भएको हो ।

खेती भइरहेको २० बिघा क्षेत्रफलले अग्र्यानिक क्षेत्रका रूपमा मान्यता पाएको बताउँदै उनले भने, ‘१२ बिघामध्ये ६० प्रतिशत क्षेत्रफलमा गाजर र ४० प्रतिशतमा चुकन्दर लगाइएको छ ।’ स‌ंस्थाले १०० टन चुकन्दर र १५० टन गाजर जर्मन निर्यात गरेको हो । उनले स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तरराष्ट्रियस्तरबाट प्रमाणीकरण गरी कृषि उपज निर्यात गर्न थालिएको बताए ।

संघका सदस्य छविलाल न्यौपानेले जर्मन जाने गाजरको प्रतिकिलो २० र चुकन्दर प्रतिकिलो ५० रुपैयाँ तोकिएको बताए । अग्र्यानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दर बाहेक गहुँ, मुसुरो, जौ, घाँस, आलुका साथै अन्य सागसब्जी उत्पादन गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *