के कारणले गर्दा जन्मिन्छन त “तेस्रो लिङ्गी ” ?

Investopaper, पाैष १५, २०७६

मान्छे दुई जातका हुन्छन् । त्यो हो पुरुष र महिला तर पछिलो समय तेस्रो लिङ्गीको पनि पहिचान हुन थालेको छ । तिनीहरू यस्तो मान्छे हुन्छन् जुन हामी भन्दा केही फरक हुने गर्छन् ।

जसलाई हामी ट्रांसजेंडर अर्थात् तेस्रो लिङ्गी भन्छौँ । वास्तवमा , ट्रांसजेंडरलाई पुरुष र महिलाहरूको समुहमा समावेश गर्न सकिँदैन , यस प्रकारका मानिसहरूमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ ।

यस्ता मानिस वााहिरबाट पुरुष देखिन्छन् तर भित्री रूपमा महिलाहरूको गुण हुन्छ , यस्तै बाहिरबाट महिला जस्तो देखिए पनि भित्री रूपमा पुरुषको गुण र आर्गन्स हुन्छन् ।

कुनै पनि बच्चा कसरी बन्छ त ट्रांसजेंडर ? डाक्टरहरूका अनुसार गर्भावस्थाकाे पहिलो तीन महिनाको अवधिमा शिशुको लिङ्ग बन्ने गर्छ । शिशुको लिङ्ग निर्धारणको प्रकृया र यस अवधिमा यदि कुनै प्रकारको चोट, विषाक्त खानपान, हार्मोनको समस्याले गर्दा शिशु महिला या पुरुष बन्ने भन्दा पनि दुवैको गुण वा आर्गन्स हुन जान्छ , त्यसैले गर्भावस्थाकाे पहिलाे ३ महिना महिलाहरूले विशेष ध्यान दिन जरुरी छ ।

शिशुहरू तेस्रो लिङ्गी बन्ने कारणहरू यसप्रकार छन :

१. रुघाखोकी ज्वरो : गर्भावस्थाकाे पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यसकाे उपचारार्थ उसले कुनै हेभि मेडिसिन खाएमा ,

२. औषधिकाे प्रयाेग  : गर्भावस्थामा महिलाले यदि कुनै प्रकारको औषधि खाएको खण्डमा कुनै कुनै औषधिले शिशुलाई नोक्सान हुन सक्छ ।

३. विषाक्त खाना  : यदि गर्भावस्थाकाे समयमा गर्भवति महिलाले विषाक्त खाना, रसायनले उपचार यरेकाका र राेग तथा किरा नाषक विषादीहरूकाे प्रयाेग गरि तुरून्तै भान्सामा पुगेका तरकारी तथा फलफूलहरू सेवन गरेमा ।

४. दुर्घटना वा रोगी : गर्भावस्थाकाे पहिलो ३ महिनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा वा दुर्घटनामा शिशुको आर्गन्सलाई नोक्सान भएमा । .

५. जेनेटिक डिसआर्डर : १० -१५% जेनेटिक डिसआर्डरको कारणले पनि शिशुको लिङ्ग निर्धारणमा असर पर्न जान्छ । ट्रांसजेंडर बच्चा जन्मिनुमा अधिकांश इडियोपैथिक हुने गर्छन् अर्थात् समय रहुन्जेल यिनीहरूको कारणको बारेमा थाहा पाउन सकिन्न ।

६. गर्भपतनको औषधि : यदि गर्भवती महिलाले डाक्टरको सल्लाह विना नै आफैले गर्भपतनको औषधिको रूपमा घरेलु औषधि प्रयोग गरेको खण्डमा तेस्रोलिङगी बच्चा जन्मिन सक्छ । गर्भवतिले ध्यान दिनपर्ने कुराहरू

  • डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखानुहोस , यहाँसम्म की ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुँदैन ।
  • सकेसम्म घरमै बनाएकाे स्वस्थ्यकर खानेकुरा खानुस् , बाहिरको खाना सकेसम्म नखानुस् ।
  • थाइराइडकाे समस्या , डायबिटीज , मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र गर्भधारणकाे याेजना गर्नु राम्रो हुन्छ ।
  • गर्भधारणकाे पहिलो ३ महिनामा ज्वरो रुघाखोकी भएमा गम्भिरतापूर्वक लिइ डाक्टरलाई देखाउन उत्तम मानिन्छ ।
  • गर्भधारण गरेकाे समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन गर्नु हुँदैन ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *