ज्योति विकास बैंकद्वारा सीसीटिभी क्यामरा हस्तान्तरण

इन्भेष्टाेपेपर ।  वैशाख ९, २०७९

काठमाण्डाैँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई सीसीटिभी क्यामराहरु हस्तान्तरण गरेको छ।

लैनचौर प्रहरी वृतमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखाप्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरीवृत लैनचौरका प्रहरी नायबउपरीक्षक दुर्गा प्रसाद दाहाललाई सीसीटिभी क्यामरा हस्तान्तरण गर्नुभएको हो।

बैंकले महानगरीय प्रहरी वृत कार्यालयको हिरासतमा रहेका थुनुवाहरुको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पुर्याउने हेतुले सो सहयोग गरेको हो।

ज्योति विकास बैंकले हाल ११६ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६४ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *