काठमाडौंको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

इन्भेष्टाेपेपर ।  असार १०, २०७९

काठमाण्डाैँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक समिति सदस्य प्रा.डा. गिता प्रधान र असन, वडा नं. २५ का वडा अध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको छ ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीय बासीहरुको उपस्थिति रहेको थियो । असन शाखा संचालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको छ ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएकोछ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुलशाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवाप्रदान गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *