धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना द्वारा आज पदभार ग्रहणः कस्ताे रहला पूँजी बजारकाे अवस्था ?

Investopaper,  पौष २५,  २०७६

नेपाल धितोपत्र बोर्ड (सेबोन) का नव नियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले आज पुस २५ गते, शुक्रबार पदभार ग्रहण गर्नु भएकाेछ ।

अर्थमन्त्री युवराज खतिवडाबाट शपथ लिएर सिधै धितोपत्र बोर्डको कार्यालयमा जानु भएकाे थियाे । सपथ ग्रहण पश्च्यात कार्यालय पुगेका ढुंगानालाई कार्यकारी निर्देशकद्वय परिष्ठनाथ पौडेल र निरज गिरीले पुष्पगुच्छा तथा मालाले स्वागत गर्नु भयाे ।

धिताेपत्र बाेर्डका कार्यकारी तथा उप कार्यकारी निर्देशकहरुले वहाँलाई बोर्डको हालको अवस्थाको बारेमा जानकारी गराउनु भएकाे थियाे ।

नव नियुक्त अध्यक्ष ढुंगानासँग तीन दशक लामाे वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ भने धितोपत्र बोर्डको विज्ञ सदस्यको रूपमा सञ्चालक समितिमा रहेर काम गरेकाे अनुभव समेत रहेकाे छ ।

पूँजी बजारमा देखिएका उतार चढाब र लगानीकर्ताहरूकाे अान्दाेलनलाइ समेत मध्यनजर गर्दै समग्र बजारकाे विकास गर्ने बर्तमान चुनाैति खडा छ । अब वहाँले कस्ता नीति तथा कार्यक्रम अंगिकार गरेर धिताेपत्र बजार हाक्नु हुन्छ, सफलता र पूँजी बजारकाे गति यसैमा निर्भर गर्नेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *