मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

न्भेष्टाेपेपर ।  चैत्र २७, २०७९

काठमाडौं । देशमा हाल स्थानीय वायुको आंशिक प्रभाव छ । उक्त प्रणालीको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।

मङ्गलबार देशका पहाडी भूभागमा आंशिक बदली रही गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *