मौरीको विषले स्तन क्यान्सरका कोष मार्ने वैज्ञानिक निष्कर्ष

इन्भेष्टोपेपर । भाद्र २३, २०७७

अस्ट्रेलियाका वैज्ञानिकहरूले मौरीको विषले स्तन क्यान्सरका कोषहरूलाई मारेको प्रयोगशालामा गरिएका परीक्षणमा पत्ता लगाएका छन्।

उपचार गर्न कठिन मानिने दुई किसिमका क्यान्सर (ट्रिपल-नेगटिभ र एईआर-२) विरुद्ध मौरीको विष र त्यसमा पाइने मेलिट्टिन नामक यौगिक प्रयोग गरिएको थियो।

यो परिणामलाई उत्साहजनक मानिएको छ। तर वैज्ञानिकहरूले थप परीक्षण आवश्यक भएको औँल्याएका छन्। संसारभरि महिलाहरूमा स्तन क्यान्सर सबैभन्दा धेरै हुने क्यान्सर हो।

वैज्ञानिकहरूका अनुसार हजारौँ यौगिकको मिश्रणले प्रयोगशाला परीक्षणमा क्यान्सर कोषसँग लड्ने देखिए पनि उपचारका लागि शरीरमा थोरै मात्रै प्रयोग गर्न सकिएको बताएका छन्।

अन्य प्रकारका क्यान्सरविरुद्ध पनि मौरीको विष उपयोगी देखिएको पुराना अध्ययनहरूको निष्कर्ष छ।

पश्चिम अस्ट्रेलियाको ह्यारी पेर्किन्स इन्स्टिट्यूट अफ मेडिकल रिसर्चले अध्ययनको निष्कर्ष नेचर प्रिसिजन अन्कोलजी जर्नलमा प्रकाशन गरेको छ। अध्ययनमा ३०० भन्दा बढी मौरीको विष परीक्षण गरिएको थियो।

अध्ययनको नेतृत्व गरेकी २५ वर्षीया सायरा डफीले मह बनाउने मौरीको विषबाट निकालिएको यौगिक थेरै प्रभावकारी भएको बताइन्।

विषको एउटा निश्चित मात्राले एक घण्टाभित्र क्यान्सरको कोषलाई मारेको र अन्य कोषलाई न्यूनतम हानि पुर्‍याएको बताइएको छ। तर अरू मात्रा दिँदा विषको असर बढेको थियो।

डा. सायरा डफीले अध्ययनको नेतृत्व गरेकी थिइन्
तस्बिरको क्याप्शन, डा. सायरा डफीले अध्ययनको नेतृत्व गरेकी थिइन्

अध्ययनकर्ताहरूले मेलिट्टिले आफैँ क्यान्सर कोषको वृद्धिलाई बढ्न रोकिदिने वा निष्क्रिय पारिदिने पत्ता लगाएका छन्। मेलिट्टिन मौरीको विषमा प्राकृतिक रूपमा पाइने भए पनि यसलाई कृत्रिम तरिकाले निर्माण गर्न पनि सकिन्छ।

स्तन क्यान्सर भएकामध्ये १० देखि १५ प्रतिशत महिलालाई ट्रिपल-नेगटिभ हुने र त्यसको उपचारमा हाल शल्यक्रिया, रेडिओथेरपी र कीमोथेरपी प्रयोग गरिन्छ।

अस्ट्रेलियाका प्रमुख वैज्ञानिकले यो अध्ययनलाई उत्साहजनक भनेकाछन् । प्राध्यापक पिटर क्लिन्केनले भने, “यसले प्राकृतिक यौगिको मिश्रणलाई मानिसका रोगलाई उपचारमा प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण दिएको छ।”

तर अन्यले मौरीको विष क्यान्सरको उपचारको औषधि बन्न सक्छ कि सक्दैन भन्ने थाहा पाउन थप अध्ययन आवश्यक पर्ने बताएका छन्। (बीबीसीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *