चेन्नई सुपर किंग्स बन्याे आइपिएलकाे विजेता, पाँचाै पटक उपाधि

न्भेष्टाेपेपर । जेठ १६, २०८०

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस प्रणालीको आधारमा पाँच विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो ।

चेन्नईको यो पाँचौं आइपिएल उपाधि हो । जितको लागि एक सय ७१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा दुई सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याउने क्रममा पहिलो ओभरमा वर्षा सुरु भएपछि लामो समय खेल रोकिएको थियो ।

चेन्नईका डेभोन कन्वेले ४७ रन बनाउनुभयो । शिबम दुबेले अविजित ३२, अजिंक्या रहानेले २७, ओपनर ऋतुराज गायकवाडले २६, अम्बाती रायुडूले १९ र रविन्द्र जडेजाले अविजित १५ रन बनाउनुभयो । बलिङमा गुजरातका मोहित शर्माले तीन विकेट लिनुभयो । नुर अहमदले दुई विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय १४ रन बनाएको थियो । 

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ९६ रनको सानदार इनिङ्स खेल्नुभयो । ऋद्धिमान शाहले ५४, शुभमन गिलले ३९ र कप्तान हार्दिक पाण्डेयले अविजित २१ रन बनाउनुभयो ।

बलिङमा चेन्नईका मथिसा पाथिरानाले दुई तथा दीपक चाहर र रविन्द्र जडेजाले एक एक विकेट लिनुभयो । लिग चरणमा गुजरातले शीर्ष र चेन्नईले दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए ।

पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरात दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा पुगेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *