छठ पर्वले बन्धुत्वको भावना गाढा बनाउँदै राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्छ : भण्डारी

इन्भेष्टाेपेपर ।  कार्तिक १३, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना गाढा बनाउँदै राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएकाे छ।

छठ पर्वको अवसरमा आइतबार जारी शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गर्नु भएकाे हाे ।

छठपर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद र विसंगतिको अन्त्य गरी न्यायूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने व्यहोरा राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । 

राष्ट्रपति भण्डारीले छठको पावन अवसरमा विश्वभर रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएकाे छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *