शान्ति र मानवताको विकासका लागि चीन प्रतिबद्ध छ : वाङ यी

न्भेष्टाेपेपर ।  पुष ११, २०७९

काठमाडौं । चीनको राज्य परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले चीनलाई आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्ने नयाँ यात्रामा मानव जातिको शान्ति र विकासको महान् कार्यमा चीन प्रतिबद्ध रहने बताउनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका विदेशमन्त्री वाङले अन्तर्राष्ट्रिय परिस्थिति र चीनको विदेश सम्बन्धसम्बन्धी गोष्ठीलाई सम्बोधन आज यहाँ अप्रत्यक्षरूपमा सम्बोधन गर्दे मानव प्रगति र विश्व सद्भाव प्रवद्र्धन गर्न चीन दृढ रहेको बताउनुभयो ।

चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीज र चाइना फन्ड अफ इन्टरनेशनल स्टडीजले संयुक्त रूपमा आयोजना गरेको उक्त गोष्ठीमा विदेशमन्त्रीले चीनको दिगो विकास प्राप्तिका निम्ति आफूलाई समर्पित गर्ने तथा अन्तर्राष्ट्रिय प्रणालीको निरन्तरता एवम् परिवर्तनका उद्देश्यमा योगदान गर्ने बताउनुभयो ।

चीन आधुनिकीकरणको चिनियाँ मार्गमा अडिग रहने, मानव विकासको नयाँ स्वरूप मात्र सृजना नगर्ने बरु विकासोन्मुख देशहरूका लागि नयाँ विकल्प पनि प्रदान गर्दै उनीहरूको राष्ट्रिय परिस्थिति अनुरूप विकासका मार्गहरू खोज्न र द्रुत गतिमा अघि बढ्न दृढतापूर्वक समर्थन गर्न तत्पर रहेको नेता वाङले बताउनुभयो ।

शान्तिपूर्ण विकासमा चीन प्रतिबद्ध रहने, आधिपत्य वा विस्तारको खोजी नगर्ने, सबै प्रकारका आधिपत्यवाद र शक्ति राजनीतिको विरोध गर्ने, शान्ति र विकासका लागि आफ्ना जनता तथा सबै देशका जनताको वैधानिक अधिकारको रक्षा गर्ने चीनको नीति विदेशमन्त्री वाङले स्पष्ट गर्नुभयो । दिगो शान्ति, विश्वव्यापी सुरक्षा र साझा समृद्धिलाई चीनले जोड दिएको उहाँले दोहो¥याउनुृभयो ।

आफ्नो र विश्व विकासका लागि चीनले उच्चस्तरको खुलापनलाई निरन्तरता दिने, खुलापनको पारस्परिक लाभकारी रणनीति अपनाउने, आर्थिक भूमण्डलीकरणको सही मार्गलाई अवलम्बन गर्ने, व्यापार र लगानीको उदारीकरण एवम् सहजीकरण, खुला विश्व अर्थतन्त्रको निर्माणका साथै नयाँ अवसर सृजना गर्ने चिनियाँ चाहना विदेशमन्त्रीले सुनाउनुभयो ।

“हामी स्वतन्त्रताप्रति प्रतिबद्ध रहनेछौँ गठबन्धन र टकरावको सट्टा साझेदारी र संवाद खोज्नेछौँ, गुण र दोषका आधारमा कुनै पनि मुद्दामा हाम्रो अडान निर्धारण गर्नेछौं, सबै देशसँग आपसी सम्मान, विश्वास र लाभका खातिर काम गर्नेछौँ, समानता, खुलापनसहितको विश्वव्यापी सहयोग र साझेदारीलाई गहनरूपमा विस्तार गर्नेछौँ,” राज्य परिषद् सदस्य वाङले भन्नुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *