चिनियाँ राष्ट्रपति सी र स्पेनिस प्रधानमन्त्री सान्चेजबिच बेइजिङमा भेटवार्ता

न्भेष्टाेपेपर ।  चैत २९, २०८१

बेइजिङ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुभएको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

युरोपेली सङ्घ (इयु) ले गत हप्ता घोषणा गरिएको अमेरिकी आयात भन्सार शुल्कले विश्व बजारलाई तल झारेको उथलपुथलको सामना गर्दै आफ्नो विश्वव्यापी व्यापारिक सम्बन्धलाई पुनर्विचार गरिरहेको समयमा सान्चेजको यो भ्रमण भएको छ ।

समाजवादी प्रधानमन्त्री सान्चेज दुई वर्षभन्दा कम समयमा तेस्रो पटक चीन भ्रमणमा आउनुभएको हो । स्पेनले आफ्नो चौथो ठुलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरो (४९ अर्ब १० करोड डलर) को सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान बिक्री गर्छ ।

सान्चेजले सन् २०२४ सेप्टेम्बरमा चीनको आफ्नो अन्तिम भ्रमणमा युरोपेली सङ्घका बाँकी सदस्यहरूसँग सम्बन्ध तोड्नुभएको थियो र चिनियाँ विद्युतीय कारहरूमा उच्च भन्सार शुल्क लगाउने योजनामा पुनर्विचार गर्न र ‘निष्पक्ष व्यापार व्यवस्था’ का लागि आह्वान गर्नुभएको थियो ।

इयुले सरकार समर्थित चिनियाँ कम्पनीहरूबाट हुने अनुचित प्रतिस्पर्धाबाट युरोपेली उत्पादकहरूलाई जोगाउन भन्सार शुल्क आवश्यक रहेको तर्क गरेको थियो ।

उहाँको चीन भ्रमण भियतनामको भ्रमणपछि भएको हो । भियतनामको राजधानी हनोईमा बुधबार उहाँ र समकक्षी फाम मिन्ह चिन्हले व्यापक रणनीतिक साझेदारीको स्तरमा पुर्‍याउने उद्देश्यले संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *