प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान

न्भेष्टाेपेपर । साउन २, २०८१

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नुभएको छ । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले २०७९ र २०८० सालका पुरस्कार प्रदान गर्नुभएको हो । 

प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गर्नुभयो । यसैगरी प्रधानमन्त्री ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गर्नुभयो । छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही एक लाखको छ भने युवा पुरस्कार ५० हजारको छ ।  (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *