चितवन पर्यटनको मुख्य आकर्षणकाे केन्द्र बन्छ – चन्द्र ढकाल

इन्भेष्टोपेपर । फागुन २९, २०७८

भरतपुर । उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चितवनमा पर्यटन पूर्वाधार विकास गर्न सके विश्वकै पर्यटकको आकर्षणको केन्द्र बन्न सक्ने बताउनुभएको छ ।
उद्योग वाणिज्य संघ चितवनको ५५ औं साधरणसभालाई सम्बोधन गर्दै उहाँले चितवन पर्यटनको उच्च सम्भावना बोकेको जिल्ला भएकाले सोही अनुसारका योजनाहरुलाई प्राथमिकतामा पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोभिड–१९ र युक्रेन युद्धका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकाले त्यसको सामना गर्न सरकारले बेलैमा सोच्नुपर्ने बताउनुभयो । 

महासंघका पूर्व कोषाध्यक्ष तथा उर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले वीरगञ्ज–काठ्माण्डौ रेल्वे योजनालाई छिटै कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । रेल्वे सेवा सञ्चालन भएमा इन्धन लगायतका अनावश्यक खर्चमा कमी आएर अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताउनुभयो । उद्योग वाणिज्य स्ंघ चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवनलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले अलपत्र परेको शक्तिखोर औद्योगिक क्षेत्रको योजनालाई छिटै काम थाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सहकारी अभियानमा व्यवसायी लागे स्रोत जुटाउन सहज हुने बताउनुभयो । चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्तीले अर्थतन्त्रलाई सुधार गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनालले सार्वजनिक र नीजि साझेदारीको अभ्यासलाई प्राथमिकता दिइनुपर्ने बताउनुभयो ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानले आर्थिक समृद्धिका योजनाहरु अगाडी बढाउन नीजि क्षेत्रलाई सरकारलेसँगै लिएर हिड्नुपर्ने बताउनुभयो । एकिकृत समाजवादी चितवनका उपाध्यक्ष अरुणपीडित भण्डारीले नीजि क्षेत्रविना विकास र समृद्धि पुरा नहुने भएकाले नीजि क्षेत्रका समस्या सम्बोधन गर्न सरकार प्रतिवद्ध बन्नुपर्ने बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *