“सिटिजन्स सुपर ३०” नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

न्भेष्टाेपेपर । साउन २४, २०८०

काठमाण्डाैँ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भईरहेको बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ७,५०,७२,३९० इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।

याे बन्दमुखी काेष याेजनाकाे प्रवर्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड रहेकाे र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा संचालन भइरहेकाे छ ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ लगाएतका अन्य पदाधिकारीहरुको उपस्थितीमा सूचिकरण सम्बन्धी कार्यक्रम समापन भएको छ । उक्त म्युचुअल फण्ड योजनाको दोस्रो बजारमा कारोबार अाज २४ गतेदेखि गर्न सकिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *