मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण

इन्भेष्टाेपेपर ।  वैशाख २२, २०७९

काठमाडौँ । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग स्पष्टीकरण सोधेको छ । वैशाख २१ गते नयाँ पत्रिका दैनिकमा प्रकाशित ‘अग्निपीडित मुक्त कमैयाका घर बनाई दिने मुख्यमन्त्री भट्टको प्रतिबद्धता’ शीर्षकमा प्रकाशित समाचार प्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधेको हो ।

मुख्यमन्त्री भट्टले अग्निपीडित मुक्त कमैया परिवारलाई एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि तत्काल प्रति परिवार ५० हजार रुपियाँ दरले राहत दिने प्रक्रिया अगाडि बढेको
भनी बताउनुभएको व्यहोरा उल्लेख छ ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले पालना गर्नुपर्ने आचारणको खण्ड
(ख) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने, तर सरुवा रोगको महामारी वा कुनै प्रकृतिका विपद् वा काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ ।

आयोगबाट निर्वाचन आचारसंहिता, २०७८ लागू भइसकेको अवस्थामा उक्त आचारसंहिताको प्रतिकूल हुने गरी यहाँले कैलारी गाउँपालिका–७ विपतपुरका अग्निपीडित मुक्त कमैया बस्ती निरीक्षणका क्रममा नयाँ पत्रिका दैनिकमा उल्लेखित विषयवस्तु बोल्नुभएको सम्बन्धमा के कसो भएको हो ? पत्र प्राप्त भएको समयबाट २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आयोगले भनेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *