कक्षा १२ को नतिजा सार्वजनिक, वेबसाइट तथा एसएमएस बाट हेर्न सकिन्छ नतिजा

न्भेष्टाेपेपर । साउन ३०, २०८०

काठमाण्डौ ।  कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज मङ्गलवार दिउँसो कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गएको वैशाख २६ देखि जेठ ५ गतेसम्म भएको परीक्षामा चार लाख ६७ हजार तीन सय ८९ जना विद्यार्थी सहभागी भएका थिए । यसमध्ये ६ हजार ९७६ जना (१.८७ प्रतिशत) ले ३.६१ देखि ४ जीपिएसम्म ल्याएका ल्याएका छन् ।

यसैगरि ३.२१ देखि ३.६० ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९ सय ९९ जना (१०.४७ प्रतिशत) छ । गत वर्षको तुलनामा यो २.१७ प्रतिशतले बढी हो । जीपीए २.८१ देखि ३.२० ल्याउने ६९ हजार १ सय ७४ जना रहेका छन् । त्यस्तै २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने ६३ हजार ७७ जना रहेको नतिजामा उल्लेख छ । २.०१ देखि २.४० जीपीए ११ हजार ४ सय ३८ जनाले ल्याएका छन् । सबैभन्दा तल्लो १.६१ देखि २.० जीपीए प्राप्त गर्ने ४७ जना विद्यार्थी रहेका छन् ।

प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्ने गर्छ । यस वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् । जुन ४९.०९ प्रतिशत हो । बाँकी ५०.०९ प्रतिशत विद्यार्थी  उत्तीर्ण भएका छन् । 

४९.०९ प्रतिशत नन्ग्रेडिङ (एनजी) मा परेर तत्काल उच्च शिक्षामा भर्ना हुन रोकिने भएका छन् । तर नन्ग्रेडिङमा परेकामध्ये पनि १ लाख २३ हजार ३ सय विद्यार्थीले भने असोज ६ र ७ गते हुने ग्रेड वृद्धि (पूरक वा मौका) परीक्षामा सहभागी हुन पाउने छन् ।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । यसैगरि गत वर्षभन्दा कक्षा १२ को परीक्षाको नतिजामा सामान्य सुधार भएको तथ्यांकले देखाउँछ । गत वर्ष ४८.१० प्रतिशत विद्यार्थी स्नातकमा भर्ना हुन योग्य भएका थिए । यस पटक ५०.९१ प्रतिशत विद्यार्थी स्नातकमा भर्ना हुन योग्य भएका हुन् ।

नतिजा हेर्नकाे लागि ….

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइटwww.neb.ntc.net.np  मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *