अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालद्वारा क्लिनस्वीप

न्भेष्टाेपेपर । कात्तिक ५, २०८१

काठमाण्डाैँ । अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।

टेक्सासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा युएसका कप्तान मोनांक पटेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । तर, पहिलो तीन ओभरमा कप्तान मोनाङ्क (२) र एन्ड्रिस गौस (२) आउट भएपछि आयोजकले आशा गरेको जस्तो सुरुवात गर्न सकेन।

साइतेजा मुक्कामल्लाले ५१ बलमा ६८ रन तथा मिलिन्द कुमारले ३५ बलमा ४३ रनकासाथ ७६ रनको साझेदारी गर्दै अमेरिकी इनिङ्सलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए।

आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल कामीले मात्र २७ रन दिएर ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए ।

जवाफमा नेपालले खेलको पाँचौं ओभरमा ओपनर अनिल साहले ११ बलकाे सामना गरि १३ रनमा विकेट गुमाए पनि कप्तान आसिफ शेखले ३९ बलमा ५० रनकाे अर्धशतकीय पारी खेले । कुशल भुर्तेलले ३२ बलमा ४० रन बनाउँदै कुशल मल्लसँग बलियो साझेदारी गरे । यस्तै, कुशल मल्लले ३० बलमा ४४ रन बनाइ १९औं ओभरमा नेपाललाई जित दिलाए।

नेपालले पहिलो खेलमा १७ रनले जित निकालेको थियो भने देस्रो खेल सुपरओभरमा जितेकाे थियो । (एजेन्सी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *