कृषि विकास बैंक र घरघरमा डाक्टरबीच सहकार्य

न्भेष्टाेपेपर । असाेज ३, २०८०

काठमाडौं । कृषि विकास बैंकले व्यावसायिक विविधता कायम गर्दै बैङ्किङ बजारमा आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै लगेको छ । हालै बैंक र घर–घरमा डाक्टर प्रालिबीच व्यावसायिक सहकार्यको सम्झौता भएको छ। घरघरमा डाक्टरले रोग निधान तथा प्रतिरक्षाका लागि सरसल्लाहसहितको उपचारको प्रबन्ध गर्दछ भने कृषि विकास बैङ्कले घरघरमा डाक्टरका ग्राहकहरूको ५ लाखको दुर्घटना बिमासहितको बैङ्क खाता खोली कारोबारमा सहजता कायम गर्दछ।

सरकारी बैंकहरूमा कृषि कर्जाका लागि उत्कृष्ट रहेको बैङ्कले गैर कृषि व्यवसायमा समेत दक्षता हासिल गरी कार्य गरिरहेको छ। घरघरमा डाक्टरका अध्यक्ष हेमा जिसी र कृषि विकास बैङ्कका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी कारोबारको विधिवत् सुरुआत गरेका छन्।

सम्झौता पत्र आदान–प्रदान गर्दै घरघरमा डाक्टरका अध्यक्ष जिसीले सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको र यसको लाभ स्वाभाविक रूपमा दुवैलाई मिल्ने गरी सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्बन्धमा परामर्श तथा उपचार पद्धतिका सम्बन्धमा सचेतना अभिवृद्धि गर्नसकेमा जनताको अकालमा ज्यान जान नदिन सहयोग पुग्ने कुरा व्यक्त गरे।

यो सम्झौतामा बैंकले घरघरमा डाक्टरका सेवाग्राहीको रु ५ लाख बराबरको दुर्घटना बिमासहितको बैंक खाता खोल्नेछ भने घरघरमा डाक्टरका कर्मचारीका लागि विना धितो कर्जा दिनेछ। यसका अतिरिक्त तलब खातामा बैंकका विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेछ। घरघरमा डाक्टरले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम सञ्चालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *