हाँस्य रियालिटि शो कमेडी च्याम्पियन सिजन ३ को तयारी तीब्र

न्भेष्टाेपेपर । माघ २, २०८०

काठमाडौँ । नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सीजन छिट्टै प्रसारणमा आउने भएको छ । डिजिटल अडिशनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्री–जजीङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाईएको थियो ।हाल उक्त अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन शुरु गरिएको छ।

पहिलो सीजनमा हिमेश पन्त, सुमन कार्की लगायत दलेदाईको उत्कृष्ट प्रस्तुतिबाट सबको मनमस्तिष्कमा राज गर्न सफल भएको यो कार्यक्रमले दोस्रो सिजनमा भरतमणिको “पारस” र “घरबेटि” तथा सन्तोष थापाको “नेपाली टीचर” र बिक्की अग्रवालको पान्टोमाईमले कार्यक्रमलाई झनै यादगार बनाएको थियो ।

तेस्रो सीजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केहि सिनियर सिटिजनसम्म, तराई मूलका देखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म, यी नयाँ कमेडियनहरुको प्रस्तुती हेर्न तथा पेट मिची मिची हाँस्न अब धेरै कुर्नु पर्ने छैन । देशकै अग्रणी मिडिया कान्तिपुर टेलिभिजनमा तथा डिजिटल पार्टनर ओएसआर रियालिटिमा शिघ्र प्रसारणमा आउन लागेको, नेपालको पहिलो मौलिक तथा सफल यस हाँस्य रियालिटी शो को मार्केटिङको जिम्मा मिडिया एजेन्सी एडि रिलिजले लिएको छ ।

उक्त एजेन्सीका अनुसार मुख्य प्रायोजकहरुमा डिशहोम फाईबरनेट, आईएमई लाईफ ईन्स्योरेन्स, गोल्डस्टार शुज, यति कार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्टस् तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्विसेसका साथै के एल दुगडद्वारा प्रबर्द्धन गरिएको स्काईवर्थ होम अप्लाएन्सेस् रहेका छन् भने थप प्रायोजकहरु जेडिने क्रममा छन् । त्यस्तै, भोटिङ पार्टनरमा खल्ति तथा मेक अप पार्टनर दी वान युनिसेक्स् सालोन् रहेका छन् भने वार्डरोबको व्यवस्थापनमा त्रीशूल र गराज रहेका छन् ।

चर्चित ब्राण्डहरुको प्रायोजनमा प्रसारणमा आउन लागेको कमेडी च्याम्पियन सिजन ३ को जजहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् । कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् ।

निर्माण पक्षका अनुसार यस सीजनका विजेताले पनि नगद रु २५ लाख तथा सोहि बराबरको गाडि जित्नेछ । कार्यक्रमको डेट अनाउन्समेन्ट यहि साता निर्माण पक्ष थ्री प्रोडक्सन, ब्रोडकास्टर कान्तिपूर टिभि तथा मार्केटर एडि रिलिजद्वारा संयुक्त रुपमा आयोजना गरिने प्रेस मिट मार्फत सार्वजनिक गरिने  जनाइएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *