निर्वाचन चिह्नको दुरुपयोग नगर्न आयोगको निर्देशन

इन्भेष्टाेपेपर ।  फागुन १०, २०८२

काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न दुरुपयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।

आयोगले आइतबार  विज्ञप्ति जारी गर्दै काठ, फलाम वा अन्य सामग्रीबाट बनेका भौतिक निर्वाचन चिह्न प्रयोग गर्दा सुरक्षामा असर पर्न सक्ने गुनासा प्राप्त भएको जनाएको छ। आयोगका अनुसार कानुनले तोकेको मापदण्डअनुसार मात्र दलको झण्डा र कागजमा छापिएको निर्वाचन चिह्न प्रयोग गर्न पाइनेछ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिनुभएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *