कृषी पेशालाई सम्मानित पेशा बनाउने मुक्तिनाथ बैंकको अभियानको निरन्तरता
इन्भेष्टाेपेपर । पुष २२, २०७९
काठमाण्डाैँ । गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा भन्ने अभियान अन्तर्गत गाउँ गाउँ सहकारी, घरघर रोजगारीलाई मुलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत आम जनसमुदायलाई समेटि उद्यमशिता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।
यसै सिलसिलामा हालै मात्र नवलपरासी जिल्लाको हुप्सेकोट गा.पा.मा स्थानिय समाजसेवी ओम घर्ति मगरको सहजिकरणमा स्थानिय कृषक टोप बहादुर सेनको अध्यक्षतामा हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लि.को नाममा आम जनभेला मार्फत तदर्थ समिति गठन गरि सहकारी दर्ता प्रकृया अघि बढाउन निर्णय भएको छ ।
मुक्तिनाथ विकास बैंक लि.तथा मुक्तिनाथ कृषि कम्पनी लि.का अध्यक्ष भरतराज ढकालको अध्यक्षता र हुप्सेकोट गा.पा.का प्रमुख लक्ष्मी देवी पाण्डेको प्रमुख अतिथ्यतामा आयोजित आम जनभेलामा सम्बन्धित वडाका अध्यक्ष, स्थानिय बुद्धिजिबि, समाजसेवी, कृषक, उद्यमी लगायत स्थानिय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरिय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि संचालन भएको थियो । प्रशिक्षणलाई मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी रामशरण तिम्लसीना,अनुज अधिकारी र मुक्तिनाथ विकास बैकका कर्मचारी सन्तोष रोकाले सहजिकरण गर्नुभएको थियो ।
