नबिल बैंक र डी भी एक्सिलसबीच कृषि कर्जा सम्वन्धी सहकार्य
इन्भेष्टोपेपर । श्रावण १६, २०७८
काठमाडौं । नबिल बैंक र डी भी एक्सिलस (Kheti App) द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तिय पहु‘चको प्रदान गर्न सहकार्य गरेको छ ।
याे समझदारीपत्रमा नविल बैंककाे तर्फबाट अनिल केशरी शाह र डी भी एक्सिलसलका तर्फबाट देवेश प्रधानले हस्ताक्षर गर्नुभएकाे छ।
यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तिय पहुँच प्रदान गर्न नबिल बैंक, एक प्रमुख बैंकको रुपमा अगाडी बढेको छ । यसै गरी, किसानहरूले डी भी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्दछन् ।
उक्त कार्यक्रममा नबिल बैंकका तर्फबाट सुजित कुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत र निरज बस्नेत (डनिल), प्रमुख – एस एम ई तथा लघुवित्त को उपस्थिति रहेको थियो । साथै डी भी एक्सिलसको तर्फबाट किरण नायर, मुख्य संचालन अधिकृत तथा सुभाष भट्टराई, मुख्य प्रविधि अधिकृतको उपस्थिति रहेको थियो ।
