क्रिसमस डेमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

इन्भेष्टोपेपर । पुष ९, २०७८

काठमाडौँ ।  सरकारले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *