सातवटै प्रदेशबाट कोरोना परीक्षण सुरु

इन्भेष्टोपेपर । चैत्र १९, २०७६

काठमाण्डौ – उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमुना परीक्षण धमाधम भइरहेको छ ।

मंगलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै सुरु भएको हो ।

अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनाले बताउनुभयो । ती सबैको नेगेटिभ रिर्पोट आएको जानकारी दिनुभयो । अरूको थप परीक्षण गर्ने तयारी भइरहेको छ । 

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले मङ्गलबारबाट स्वाब परीक्षण सेवा शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको सङ्क्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन बाँकी छ ।

प्रदेश नं. २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को बुटवलमा पनि आज साँझबाट नमुना परीक्षण गर्ने तयारी रहेको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यी चारै स्थानमा नमुना परीक्षणका लागि पोर्टेबल पीसीआर मेशिनसहित सम्पूर्ण सामग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ । 

मन्त्रालयले अहिलेको लागि दैनिक १२ जनाको नमुना परीक्षण गर्ने गरेता पनि चाँडै नै प्रयोगशालाको स्तरवृद्धि गरेर सातवटै प्रदेशबाट दैनिक एक हजार जनाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको समितिका खनालले जानकारी दिनुभयो ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *