चिडियाखानाका सिंह र पुमामा पनि देखियो कोभिड
इन्भेष्टोपेपर । माघ ६, २०७८
प्रिटाेरिया । दक्षिण अफ्रिकाकाे राजधानी प्रिटाेरियास्थित एउटा चिडियाखानामा सिंह र पुमा (चितुवा)मा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो ।
उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । संक्रमित जनाबरहरुले श्वास फेर्नसमेत कठिनाई महशुस गरेको बताइएको छ । २ वटा पुमाकाे दिसा, र्याल तथा सिंगान परिक्षण गर्दा काेराेना भाइरस भेटिएकाे र २३ दिनपछि निकाे भएकाे प्रिटाेरिया विश्वविद्यालयले जारी गरेकाे विज्ञप्तिमा जनाएकाे छ।
जनाबरको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रिटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् । यसअघि मानिसबाट जनाबरमा कोभिड सर्ने वैज्ञानिकहरुले बताएका थिए । भाइरस जनावरमा फैलिरहे नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने बताउँदै आएका छन् ।
जनावरमा गरिएका परीक्षणमा भाइरस पुष्टि भएको र उनीहरूलाई रेखदेख गर्ने मानिसबाट भाइरस सरेको हुनसक्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।
— एजेन्सीकाे सहयाेगमा
