विश्वकप टि-२० क्रिकेटः न्यूजिल्याण्डकाे जीतसंगै सेमिफाइालकाे समिकरण पूरा

इन्भेष्टोपेपर । कार्तिक २२, २०७८

काठमाण्डाैँ । आइतवार राती अफगानिस्तान र न्यूजिल्याण्डबीच भएकाे ग्रुप चरणकाे खेलमा न्यूजिल्याण्डकाे विजय पश्च्यात टि-२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनलकाे समिकरण पूरा भ्एकाे छ । न्यूजिल्याण्डले अफगानिस्तानलाइ ८ विकेटले हराएकाे हाे ।

टस जितेर पहिलाे व्याटिंग राजेकाे अफगानिस्तानले निर्धारित २० ओभरमा ८विकेटकाे क्षतिमा केवल १२४ रन जाेडन सफल भएकाे थियाे । न्यूजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर लक्ष भेट्टाएकाे थियाे । याे खेलपछि भारतकाे सेमिफाइनलमा जाने झिनाे आशा पनि समाप्त भएकाे छ । अब सेमिफाइनलमा समूह ए बाट इंगलैण्ड र अष्ट्रेलिया तथा समूह बी बाट पाकिस्तान र न्यजिलैण्ड छनाैट भएका छन ।

यही नाेभेम्वर १० तारिख वुधवारका दिन हुने पहिलाे सेमिफाइनल मुकाबिला इंगलैण्ड र न्यूजिलैण्डकाे बीचमा हुने छ भने दाेश्राे सेमिफाइनल पाकिस्तान र अष्ट्रेलियाकाे बीचमा नाेभेम्वर ११ तारिखमा हुने छ ।

सेमिफाइनलका विजेताहरूबीच नाेभेम्वर १४ तारिखमा फाइनल म्याच हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *