मल्टीपर्पस फाइनान्स फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यवसायिक सम्झौता

न्भेष्टाेपेपर । चैत्र २१, २०८०

काठमाडौें । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ । चैत्र १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो ।

फाइनान्स कम्पनीहरुमा आफ्ना सेवा ग्राहीहरुलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको छ । सम्झौतामा फाइनान्सको तर्फबाट नायव महाप्रवन्धक प्रदीप कुमार सिंह र फाेनपि नेटवर्कको तर्फबाट प्रदेश प्रमुख पशुपति मिश्रले क्रसबोर्डर व्यवसायिक भुक्तानीको सम्झौता गरी सेवाको सुरुवात गरिएको छ ।

यस सेवा अन्तर्गत पहिलो चरणमा वित्तीय संस्था मार्फत क्युअार भुक्तानी सेवा लिएका सेवाग्राहीहरुले व्यवसायहरुमा कारोवार गर्दा हाललाई भारतीय UPI अन्तर्गतका BHIM तथा फाेनपि एप मार्फत यो सेवा नेपालस्थित मल्टीपर्पस फाइनान्स लिमिटेडका फाेनपि क्युअारमा प्रयोग गर्न सकिने कुरा वित्तीय संस्थाका नायव महाप्रवन्धक प्रदीप कुमार सिंहले बताए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *