प्रणय दिवसको अवसरमा पाल्पाको रानीमहलमा भीड

न्भेष्टाेपेपर ।  फागुन २, २०८१

पाल्पा । आज फेब्रुअरीको १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस नेपालमा पनि मनाईंदैछ । विशेष गरी युवायुवतीले प्रणय दिवस मनाउने गर्छन् । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ, चकलेट र विभिन्न उपहार दिने चलन छ ।

रोमका एक शासकले सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । भ्यालेन्टाइन डे आउनु एक हप्ता अघिदेखि नै सप्ताहव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ ।

विशेषगरी आजको दिन पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा भीडभाड लाग्ने गर्छ । तत्कालीन जनरल खड्गशमशेरले आफ्नी रानी ‘तेजकुमारी’ को सम्झनामा बनाएको रानीमहललाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ । काली गण्डकीको किनारमा रहेको रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा पर्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *