संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति हो : मुख्यमन्त्री शाक्य

इन्भेष्टोपेपर । आश्विन २२, २०७

बाग्मती । बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालका संस्कृति  र परम्परा सबै जातजातिको साझा सम्पत्ति भएको बताउनुभएको छ । 

आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर शाखाले हेटौँडामा आयोजना गरेको चियापान कार्यक्रममा देशको सांस्कृतिक धरोहरको रुपमा विकास हुँदै गएका चाडपर्व अमूल्य निधि भएको चर्चा गर्दै उहाँले दसँै, तिहार, नेपालको मौलिक संवत् (नेपाल संवत्को नयाँ वर्ष) तथा छठपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई शुभकामना व्यक्त गर्नुभयो । 

 मुख्यमन्त्री शाक्यले देशका सबै धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न प्रदेश सरकार लागिपर्ने बताउनुभयो । विजयादशमी, तिहार, नेपाल संवत् तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रदेशका मन्त्री, मकवानपुरबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *