राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका दसौंदी निर्वाचित

न्भेष्टाेपेपर ।  माघ २६ २०७९

काठमाण्डाैँ । राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ ।लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दसौंदी निर्वाचित हुनुभएको हो ।

उहाँ नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरि विजयी हुनुभएको हो । दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाउनु भयो ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार उपनिर्वाचन भएको थियो । मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *