महानायक राजेश हमालका भाइकाे मृत्यु, अन्त्येष्टि हेर्न सकेनन्

इन्भेष्टोपेपर ।  श्रायण १२, २०७७ 

काठमाडौं । कलिलै उमेरमा बुवा अनि अलि पछि आमालाई गुमाएको पिडा भुल्दा नभुल्दै एकमात्र भाईलाई पनि अल्पायुमै गुमाउनु परेपछि अभिनेता राजेश हमाललाई वज्रपात परेको छ।

एकमात्र भाईको अन्त्येष्टी हेर्न नसकेपछि अभिनेता हमाल र उनका दिदिहरु भिन्न भिन्न ठाउँमा बसेर कहिले जलिरहेको श’व हेरिरहेका थिए त कहिले अनन्ततिर हेर्दै टोलाईरहेका थिए।

उपचारका क्रममा गत बुधबार भारतमा निधन भएका अभिनेता राजेश हमालका भाई राकेश हमालको पार्थिव शरीर शुक्रवार काठमाडौं ल्याई पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

लामो समयदेखि कलेजो रोगसँग जुध्दै आएका राकेशको उपचारका क्रममा बुधबार भारतमा निधन भएको थियो। उनको कलेजोले काम गर्न छोडेपछि प्रत्यारोपण गरिएको थियो।

राकेशलाई उनकै पत्नीले कलेजो दिएकी थिइन्। तर स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनलाई लकडाउनकै समयमा विमान चार्टर गरी भारत पु¥याएर उपचारार्थ नयाँ दिल्लीस्थित मेदान्त अस्पताल भर्ना गरिएको थियो।

सामजिक विकास र निर्माणका काममा सक्रिय राकेश निर्माण व्यसायी थिए। उनी नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषदअन्तर्गतको राष्ट्रिय अपांग कोषका पुर्ब सभापति थिए। उनको परिवारमा श्रीमती तथा एक छोरा र एक छोरी छन्। नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *