कृषि विकास बैंकको ऋणपत्रलाई “इक्रा एनपि एलए” रेटिङ्ग प्रदान
Investopaper, मंसिर १०, २०७६
कृषि विकास बैंकले निष्कासन गर्न लागेकाे ऋणपत्रलाइ क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले “इक्रा एनपि एलए” रेटिङ्ग प्रदान गरेको छ। यसकाे मतलब लगानीकर्ताहरूलाइ कम जोखिम रहेको भन्ने बुझ्नु पर्दछ।
बैंकले २ अर्ब ५० कराेड रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित दरमा ७ वर्ष अवधिको २५ लाख कित्ता “एडिविएल कृषि विकास बैंक लि.२०८३” ऋणपत्र निष्काशन गर्न लागेको हो। उक्त ऋणपत्रमा वार्षिक १०.३५ प्रतिशत व्याजदर उपलव्ध हुने छ भने ऋणपत्र बिक्री प्रबन्धकको काम एनआइविएल एस क्यापिटलले गर्नेछ।
कुल २ अर्ब ५० कराेड रुपैयाँकाे ऋणपत्रमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता बैंकले सर्वसाधारणमा निष्काशन गर्ने छ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता बैंक आफैले ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ।
चुक्ता पूँजीकाे कम्तिमा २५ प्रतिशत रकम बराबरकाे सवै वाणिज्य बैंकहरूले ऋणपत्र जारि गर्नु पर्ने माैद्रिक नीतिमै उल्लेख भएकाले सबै बैंकहरूले धमाधम ऋणपत्र निष्काशन गरिरहेकाछन ।

