सुनको मूल्यमा गिरावट

न्भेष्टाेपेपर । मंसिर २१, २०८१

काठमाडौँ । आजको नेपाली बजारमा सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने बढेको छ । 

बिहीबार प्रतितोला रू. एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर रू. एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजोको तुलनामा प्रतितोला रू. छ सय घटेको हो ।

चाँदीको मूल्य भने प्रतितोला रू. १० ले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू. एक हजार आठ सय ९० मा कारोबार भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *