आज सुनको भाउ घट्यो

इन्भेष्टाेपेपर ।  भाद्र ३, २०८३

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ ।

सुन आज तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो । हिजो तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ रहेको सुनको भाउ आज तोलाको ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार र सोमबार भने सुनको भाउ बढेको थियो । त्यस्तै, आज चाँदी पनि तोलामा १६० रुपैयाँले घटेको छ ।

हिजो तोलाको ४ हजार ७५५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर ४ हजार ५९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *