भ्रष्टाचारविरुद्ध ‘देश विकास’ म्युजिक भिडियो सार्वजनिक

इन्भेष्टोपेपर । चैत्र २०, २०७८

काठमाडौँ । युवा गायक  रिवाज सिंह सुनारले ‘देश विकास’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । देश विकासका लागि भ्रष्टाचार बढ्न दिनु नहुने सन्देश रहेको सो म्युजिक भिडियो यहाँ सार्वजनिक गरिएको हो । गीतमा अनियमितता, ढिलासुस्तीजस्ता विकृति अन्त्यका लागि सरोकार भएका निकायले  ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

उक्त गीतमा गायक सुनारकै  स्वर, शब्द र सङ्गीत रहेको छ । देशलाई समृद्ध बनाउनका लागि इमान्दार नेताको खाँचो रहेको कुरा पनि गीतमा समेटिएको छ । उक्त गीतको श्रव्यदृश्यमा धु्रव विश्वकर्मा, निश्चल कार्की र प्रमोद श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

सम्भव सुवेदीले छायाङ्कन र सम्पादन  गर्नुभएको भिडियोमा  कल्याण थापाको निर्देशन रहेको छ ।   गायक सुनारको च्यानल ‘रिवाज सिंह सुनार’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *