पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
माघ १५, २०७६ | Investopaper
काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा धनन्जय रेग्मीलाई नियुक्त गरेको छ ।
पर्यटन सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
प्रमुख कार्यकारी अधिकृतकाे लागि परेका आवेदनहरूमध्ये कार्य सम्पादन र प्रस्तुतिकरणकाे आधारमा सीईओ छनोट उपसमितिले धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मत सिंहको नाम सिफारिस गरेको थियो ।
गत डिसेम्बर २४ तारिखमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल सकिए लगत्तै बोर्डमा नयाँ नेतृत्वको प्रक्रिया शुरु भएको थियो।
