धौलागिरी लघुवित्तले पायो साधारण शेयर निष्काशन अनुमति

इन्भेष्टाेपेपर ।  असार २८, २०७९

काठमाण्डाैँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशनअनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्काशन अनुमति प्रदान गरेको हो ।

बोर्डको अनुमति पाएसंगै लघुवित्तले ३ करोड ३१ लाखरुपैयाँ बराबरको ३लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएकोछ । साधारण शेयर निष्काशनको लागि लघुवित्तले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा तोकि सकेको छ ।

वित्तीय संस्थाको जारी पूँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *