कायम मुकायम गभर्नरको जिम्मेवारी ढुंगानालाई

इन्भेष्टाेपेपर ।  चैत २५, २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंककाे कायम मुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले पाउनुभएकाे छ। सोमबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोक्नुभएकाे हाे ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकिएको अर्थ मन्त्रालयले प्रस्ट्याएको छ ।

नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यही चैत्र २४ गतेदेखि सकिएको छ । गभर्नर सिफारिसका लागि समिति गठन भएपनि अझै सिफारिस भइनसकेकाले कायममुकायम गभर्नर ताेकिएकाे हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *