११ वटा यातायात व्यवस्था कार्यालयहरुमा डिजिटल कारोबार गर्ने सुविधा

न्भेष्टाेपेपर । कात्तिक ६, २०८०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले देशको विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट क्यूअार काेडमार्फत विभिन्न शिर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ ।

यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि भइ सेवा ग्राहिहरुलाई लामो समय लाइनमा बसेर नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ ।

क्यू अार प्रणालीवाट राजश्व संकलन गर्दा समयको वचत र पारदर्शी कारोवार हुनुका साथै नगद रहित कारोवारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।

हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरु विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भ¥याङ, सानो भ¥याङ, नारायणगढ, महेन्द्रनगर बाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिनुभयो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २६० शाखा, २५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ्क काउन्टरहरूबाट आफ्ना ग्राहक महानुभावहरूलाई सेवा दिइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *