दिर्घराज मैनाली कृषि विकास बैंककाे संचालकमा नियूक्त

न्भेष्टाेपेपर । भाद्र २५, २०८१

काठमाण्डाैँ । नेपाल सरकारको निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा दिर्घराज मैनाली मनोनयन हुनु भएको छ ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहनु भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराउनु भएको थियो ।

उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरांगाई, श्रीमती रीता सुवेदी तथा कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *