प्रभु बैंकका ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा छुट

न्भेष्टाेपेपर ।  माघ २४, २०७९

काठमाडौं । प्रभु बैंक लिमिटेड र धुलिखेल स्थित हिमालय दृश्य रिसोर्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पुतलीसडक शाखा कार्यालय प्रमुख चिजन पौडेल र हिमालय दृश्य रिसोर्टका तर्फबाट सहयोगी निर्देशक बबिता पाण्डेद्धारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त रिसोर्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले हिमालय दृश्य रिसोर्टद्धारा सञ्चालित “फुड” र “वेभरेज” (एला कार्ट मेनु) सेवामा १० प्रतिशतका छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत हिमालय दृश्य रिसोर्टमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हिमालय दृश्य रिसोर्टका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *