ग्लोबल आइएमई बैंकले ल्यायाे विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक

न्भेष्टाेपेपर । असाेज २८, २०८०

काठमाण्डाैँ । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी POS मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखी रु. ५०० सम्मको नगद फिर्ता हुनेछ । यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले योजना अवधिभर कम्तीमा रु. १००० को ३ वटा कारोबार गर्नुभएमा रु. ३०० तथा ५ वा सोभन्दा बढि पटक कार्डको प्रयोग गरी भुक्तानी गर्नुभएमा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुृनुहुनेछ ।

यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कात्र्तिक ७ गते अर्थात वडा दशैं (दशमी) को दिन सम्म लागू हुनेछ ।

साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले आफुलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १०% वा अधिकतम रु. ३०० सम्मको नगद छुट पाउनुहुनेछ । यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कात्र्तिक ७ गते अर्थात बडा दशैं (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *